Logo ७ असार २०८३, आइतबार | Sun Jun 21 2026


मुग्लिन-नारायणगढ सडक पुनः अवरुद्ध


0
Shares

चितवन । पहिरोका कारण मुग्लिन नारायणगढ सडक पुनः अवरुद्ध भएको छ ।

मुग्लिन नारायणगढ सडकखण्डको चोर खोलामा पहिरो जाँदा बाटो अवरुद्ध भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।

हिजो दिउँसो सुख्खा पहिरोले अवरुद्ध भएको सडक साँझ एकतर्फी सुचारु भएको थियो । तर राति १० बजे फेरि पहिरो खसेपछि बाटो अवरुद्ध भएको हो ।