रुपन्देहीमा एक हप्ता निषेधाज्ञा थप • Image Khabar Image Khabar


रुपन्देहीमा एक हप्ता निषेधाज्ञा थप


Imagekhabar
२९ भाद्र २०७७, सोमबार १०:१०

रुपन्देहीमा एक हप्ता निषेधाज्ञा थप

रुपन्देही । रुपन्देहीमा एक हप्ता निषेधाज्ञा थप भएको छ ।

जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रको बैठकको सिफारिस र जिल्ला सुरक्षा समितिको बैठकको निर्णयअनुसार जिल्ला प्रशासन कार्यालयले असोज ४ गतेसम्म निषेधाज्ञा थप गरेको हो ।

यसअघि भदौ २८ गते रातिसम्म निषेधाज्ञा आदेश जारी गरिएको थियो ।

यसपटकको निषेधाज्ञामा निजी सवारी साधनहरु जोर–बिजोरका आधारमा सञ्चालन हुन पाउने छन् ।

यस्तै होटेलहरुले टेक–अवे सेवा दिने गरी खोल्न पाउनेछन् । यसअघि जस्तै पसल–व्यवसायहरु स्वास्थ्य सुरक्षाका मापदण्ड पूरा गरी बिहान १० बजेदेखि बेलुका ६ बजेसम्म सञ्चालन गर्न पाइने आदेशमा उल्लेख छ ।

शैक्षिक संस्थालगायत अन्य शैक्षिक क्रियाकलाप हुने संस्थाहरु भने खोल्न निषेध गरिएको छ ।

बैंक तथा सहकारी संस्थाहरु र सरकारी कार्यालयहरु भीडभाड नगरी, स्वास्थ्य सुरक्षा मापदण्ड पूरा गरी सञ्चालन हुन पाउने आदेशमा उल्लेख छ ।

यात्रुबाहक सार्वजनिक यातायातका साधन सञ्चालन गर्न भने प्रशासनले निषेध गरेको छ ।

व्यवसायीहरुले भने सरकारले अनुमति नदिए पनि असोज १ गतेबाट सञ्चालन गर्ने बताउँदै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्