बर्दियामा ठूलो परिमाणमा काठको गोलिया बरामद • Image Khabar Image Khabar


बर्दियामा ठूलो परिमाणमा काठको गोलिया बरामद


इमेजखबर
२५ भाद्र २०७७, बिहीबार १८:०३

बर्दियामा ठूलो परिमाणमा काठको गोलिया बरामद

बर्दिया, भदौ २५ । बर्दियामा सशस्त्र प्रहरीले ठूलो परिमाणमा बेवारिसे काठको गोलिया बरामद गरेको छ ।

सशस्त्र प्रहरी बल बोर्डर आउट पोस्ट (बीओपी) राजापुरबाट खटिएको टोलीले राजापुर नगरपालिका–१, मुर्गहवाघाटमा बालुवा र झाडीमा लुकाइराखेको अवस्थामा १३३.७५ क्यूफिट सिसौ र खयरको गोलिया बरामद गरेको हो ।

बरामद गरेको गोलिया इलाका वन कार्यलय राजापुरलाई बुझाइएको सशस्त्र प्रहरी बल बीओपीका प्रहरी निरीक्षक खेमराज बोगटीले जानकारी दिनुभयो ।

बरामद गरेको काठ ९७ हजार ६०६ रुपैयाँ बराबरको रहेको इलाका वन कार्यालय राजापुरका प्रमुख ध्रुव चौधरीले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्