बैतडीमा किशोरी बलात्कार आरोपमा थप दुईजना पक्राउ • Image Khabar Image Khabar


बैतडीमा किशोरी बलात्कार आरोपमा थप दुईजना पक्राउ


इमेजखबर
२५ भाद्र २०७७, बिहीबार १५:३१

बैतडीमा किशोरी बलात्कार आरोपमा थप दुईजना पक्राउ

बैतडी, भदौ २५ । किशोरी बलात्कार आरोपमा बैतडी प्रहरीले थप दुईजनालाई पक्राउ गरेको छ ।

किशोरीका आफन्तले दिएको जाहेरीका आधारमा सिगास गाउँपालिकाका दानबहादुर बोहरा र धनबहादुर बोहरालाई पक्राउ गरेको हो ।

पक्राउ परेका दुवैजनालाई बिहीबार अदालतबाट म्याद थपेर अनुसन्धान थालिने प्रहरीले जनाएको छ ।

यसअघि, सोही घटनामा संलग्न रहेको आरोपमा शिक्षक खड्ग बोहरा, गाउँपालिकामा कार्यरत् केशव बोहरा र स्थानीय रामसिंह बोहरालाई पक्राउ गरेर अनुसन्धान भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्