
उदयपुर । उदयपुर प्रहरीले राजस्व छलेर ल्याएको अबैध मल सहित सूर्तीजन्य बस्तुहरु पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यलय उदयपुरले कटारी नगरपालिका बेलस्रोतको सिराहा मिर्चैयाबाट कटारीतर्फ ल्याउँदै गरेको रासायनिक मल र सुर्ति सहितका अबैध समाग्री पक्राउ गरेको हो ।
पिकअपमा लुकाइ छिपाई ल्याएको ४० बोरा युरिया मल र ५ बोरा सुर्तिसहित सिन्धुली दुधौली नगरपालिकाका देवचन कुमर र दुधौली नगरपालिका ११ का अजित कुमार खडका पक्राउ परेका हुन् ।
अनुसन्धान पछि गाडी सहित दुबैलाइ आन्तरिक राजस्व कार्यालय लहान पठाइएको उदयपुर प्रहरी प्रमुख भिम बहादुर दाहालले जानकारी दिनुभयो ।
प्रतिक्रिया दिनुहोस्