तनहुँका ९ पालिकामा हट्यो निषेधाज्ञा • Image Khabar Image Khabar


तनहुँका ९ पालिकामा हट्यो निषेधाज्ञा


Imagekhabar
२४ भाद्र २०७७, बुधबार १९:४१

तनहुँका ९ पालिकामा हट्यो निषेधाज्ञा

तनहुँ, भदौ २४ । जिल्ला प्रशासन कार्यालय तनहुँले यहाँका १० पालिकामध्ये भानु नगरपालिकाबाहेक अन्य सबै पालिकामा लगाइएको निषेधाज्ञा हटाइएको छ ।

भानु नगरपालिकाको १३ वटै वडामा भदौ २४ देखि भदौ मसान्तसम्मको लागि निषेधाज्ञा जारी गरिएको छ ।

कोभिड–१९ समुदायस्तरमा फैलिदै गएको र नियन्त्रणमा नआएकाले भानु नगरपालिकामा निषेधाज्ञालाई निरन्तरता दिइएको हो ।

यसअघि नगरपालिका क्षेत्रमा भदौ १ गते देखि २४ गतेसम्मको लागि निषेधाज्ञा जारी गरिएको थियो ।

जिल्लाका अन्य नौ पालिकामा भने निषेधाज्ञा र बन्दाबन्दी हटेको छ ।

बन्दाबन्दी हटे पनि सजगता भने अपनाउन भनिएको प्रमुख जिल्ला अधिकारी सागर आचार्यले बताउनुभयो ।

जिल्लाको व्यास नगरपालिका, भिमाद, शुक्लागण्डकी नगरपालिका र देवघाट, आँबुखैरेनी, म्याग्दे, ऋषिङ, घिरिङ र बन्दिपुर गाउँपालिकामा यसअघि गरिएको निषेधाज्ञा तथा बन्दाबन्दी हटाइएको छ ।

नेपाल सरकारले तोकेको मापदण्ड पूरा गरेर मात्र व्यापार व्यवसाय सञ्चालन गर्न निर्देशन गरिएको छ ।

व्यास नगरपालिकामा भने निषेधाज्ञा हटाइए पनि व्यापार व्यवसाय सञ्चालन गर्न बिहान ७ बजेदेखि बेलुका ७ बजेसम्म र बन्दिपुर गाउँपालिकामा बिहानदेखि दिउँसो २ बजेसम्म अनुमति प्रदान गरिएको प्रजिअ आचार्यले बताउनुभयो ।

राष्ट्रिय राजमार्गमा संञ्चालन हुने सवारी साधान, स्वास्थ्य सुरक्षाको मापदण्ड अपनाई सामाजिक दूरी कायम गरी औषधि, खाद्य, फलफूल, तरकारी र दुग्धजन्य, एम्बुलेन्स, शवबाहन, खाद्य ढुवानी, कुखुराका चल्ला, माछा मासु, तरकारी, इन्धन बोकेका सवारी साधान, कुटनीतिक नियोग, झण्डावाला सवारी, सरकारी नम्बर प्लेट, सञ्चारकर्मीको सवारी साधान र प्रशासन कार्यालयबाट जारी सवारी पासलाई भने निर्वाधरुपमा सञ्चालन गर्न पाइने छ ।

त्यसैगरी बैक तथा वित्तीय संस्थाबाट प्रदान गरिने बाह्य सेवाहरु, सामाजिक सङ्घसंस्थाले सञ्चालन गर्ने कोभिड–१९ नियन्त्रण एवं स्वास्थ्य सुरक्षाबाहेक अन्य कार्यहरु, उद्योग कलकारखाना र अन्य व्यवसायहरु भने सञ्चालन गर्न निषेध गरिएको छ । रासस

प्रतिक्रिया दिनुहोस्