१२ चैत्र २०७९, आइतबार | Sun Mar 26 2023


ससुराको कुटपिटबाट ज्वाईंको हत्या, यसरी बन्यो हत्याको योजना


0
Shares

सप्तरी, जेठ ३० । सप्तरीको राजविराज नगरपालिका–९ मलेठमा आफ्नै ससुराले कुटपिट गरी ज्वाइँको हत्या गरेका छन् ।

ससुरा रामदयाल साह र उनका परिवारजनको कुटपिटबाट हनुमाननगर नगरपालिकास्थित गिदखोराका दिपेन्द्र मण्डल मारिएका हुन् ।

दुई वर्षअघि प्रेम विवाह गरेका मण्डललाई उनकै कान्छी श्रीमती अन्जना साहले छोरीको जन्मदिनको बहानामा बोलाई हत्या गरेको आफन्तको आरोप छ ।

मण्डल पहिलेदेखि नै विवाहित रहेको र जेठी श्रीमती रेश्मी मण्डलसँग बस्ने गरेकाले अन्जनाको परिवारले योजनावद्ध ढंगले हत्या गरेको परिवारजनको आरोप छ ।

मण्डललाई हत्या गरी घरभन्दा करिब १ किलोमिटर पर फालेको अवस्थामा स्थानीयले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

घटनाबारे थप अनुसन्धान भईरहेको सप्तरीका एसपी मुकेशकुमार सिंहले जानकारी दिए ।

यसैबीच, घटनामा संलग्न रहेको आरोपमा प्रहरीले रामदयाल साहसहित तीन जनालाई पक्राउ गरेको छ ।