रसुवामा अर्गानिक आलु उत्पादनमा वृद्धि • Image Khabar Image Khabar


रसुवामा अर्गानिक आलु उत्पादनमा वृद्धि


Imagekhabar
२३ भाद्र २०७७, मंगलवार १५:३३

रसुवामा अर्गानिक आलु उत्पादनमा वृद्धि

रसुवा, भदौ २३ । रसुवामा अर्गानिक आलुको उत्पादनमा बृद्धि भएसंगै यस वर्षबाट बजारीकरणमा समेत सहज भएको छ ।

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन इकाई रसुवाले ब्राण्ड नै बनाएर किसानहरुलाई बजारीकरणमा सहयोग गरेपछि किसानहरु हर्षित भएका हुन् ।

जिल्लाका २ हजार मिटरभन्दा माथिका भूभागमा अग्र्यानिक आलु खेती गरिने क्षेत्रलाई लक्षित गरेर आलु जोन कार्यक्रमका सञ्चालज गरिएको छ ।

कृषकलाई प्रोत्साहन गरि उत्पादन बढाउन विउ, सिँचाइ, मेसिनरी औजार लगाएतमा सरकारले पचास प्रतिशत अनुदान सहयोग गरेको छ ।

जिल्लामा अहिले २ हजार ५ सय हेक्टर जमिनमा आलु खेति हुँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्