१७ फाल्गुन २०८०, बिहिबार | Thu Feb 29 2024


बलात्कारकोे आरोपमा युवक पक्राउ


0
Shares

डोल्पा, असार ३२ । डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका–७, पहाडाकी १४ वर्षीया एक बालिकालाई बलात्कार गरेको आरोपमा एक युवक पक्राउ परेका छन् ।

असार ३१ गते दिउँसो ती बालिकालाई बलात्कार गरेको आरोपमा सोही स्थान निवासी २५ वर्षीय जीतबहादुर शाहीलाई प्रहरीले पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक हरिप्रसाद शर्माले पीडित बालिकाको स्वास्थ्य परीक्षण गर्नुका साथै शाहीलाई हिरासतमा राखेर प्रारम्भिक अनुसन्धान पनि भइरहेकाले प्रमाणित भएमा कानुनबमोजिम मुद्दा चलाइने बताए । रासस