३१ असार २०८२, मंगलबार | Wed Jul 16 2025


व्यापारीलाई ज्यान मार्ने धम्की दिंदै रकम असुल गर्ने पक्राउ


0
Shares

मोरङ्ग । व्यापारीलाई ज्यानमार्ने धम्की दिंदै रकम असुल गर्ने समूहलाई मोरङ्ग प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ ।

भारत विहार सीतामणि जिल्ला घर भई विराटनगर जलजला मोडस्थित चाइना बजारमा कपडाको कारोबार गर्ने २७ वर्षीय राज साह, मोरङको कहटरी गाउँपालिका–२ बस्ने २६ वर्षीय किसन साह, सोही स्थान बस्ने २८ वर्षीय एलेक्स भन्ने रविन शर्मा, २७ वर्षीय अभिषेक राय र सप्तरी जिल्ला बोदेबर्साइन नगरपालिका–८ काचन बस्ने २७ वर्षीय नन्दकिशोर साहलाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको हो ।

निजहरुले विगत एक वर्षदेखि विभिन्न व्यापारीलाई डर, त्रास एवं धम्की दिई विराटनगरको गुद्री बजार, नोबेल नहर चोक लगायतका व्यापारीहरुबाट १ लाखदेखि ४ लाखसम्म रकम असुल्न गरेको पाइएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख प्रहरी उपरीक्षक सन्तोष खड्काले बताउनुभयो ।

प्रहरीले उनीहरुको साथबाट ९७ हजार नगद, अटोमेटिक पेस्तोल र त्यसमा लाग्ने गोली तीन थान, चक्कु सहित धम्काउन प्रयोग गरिएका १६ थान मोबाइल, भारतीय बैंकको चेक र ३ वटा मोटरसाइकल समेत बरामद गरेको छ ।

निजहरुमाथी हातहतियार खरखजाना, आपराधिक लाभ, चोरी तथा सङ्गठित अपराधमा अनुसन्धान अगाडि बढाइएको प्रहरी उपरीक्षक खड्काले जानकारी दिनुभयो ।