आफ्ना प्रतिस्पर्धी विरुद्ध उत्रिए ट्रम्प, विडेनले जातीय विभाजन गराउन खोजेको आरोप • Image Khabar Image Khabar


आफ्ना प्रतिस्पर्धी विरुद्ध उत्रिए ट्रम्प, विडेनले जातीय विभाजन गराउन खोजेको आरोप


Imagekhabar
१७ भाद्र २०७७, बुधबार ०६:४८

आफ्ना प्रतिस्पर्धी विरुद्ध उत्रिए ट्रम्प, विडेनले जातीय विभाजन गराउन खोजेको आरोप

काठमाडौं । संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले जातीय हिंसा मान्य नहुने बताउनुभएको छ ।

चुनावी प्रचारप्रसारका क्रममा विस्किन्सन राज्यको केनोशाको भ्रमण गर्ने क्रममा राष्ट्रपति ट्रम्पले कानुन कार्यान्वयनमा कुनै पनि जातीय विभेद नगरेको स्पष्ट पार्नुभयो ।

उहाँले केही दिनअघि केनोशामा एक अश्वेत नागरिकमाथि प्रहरीले गोली हानेपछि आन्दोलन भइरहे पनि नश्लवादको पक्षमा आफू नरहेको स्पष्टिकरण दिनुभएको हो ।

न्यायका लागि आन्दोलनरत पक्षहरुलाई सम्बोधन गर्दै राष्ट्रपति ट्रम्पले विपक्षीहरुले लगाएको आरोपमा सत्यता नभएको बताउनुभयो ।

गत अगस्टमा भएको मुठभेडमा याकुब ब्लेकलाई प्रहरीले सात पटक गोली प्रहार गरेपछि जातीय मुद्धालाई लिएर आन्दोलन थप चर्किएको हो ।

केही महिनाअघि पनि प्रहरीले नियन्त्रणमा लिएर अश्वेत नागरिक जर्ज फ्लोइडको हत्या गरेपछि अमेरिकामा आन्दोलन भएको थियो ।

उक्त आन्दोलनलाई विभिन्न राष्ट्रहरुले ऐक्यवद्धता जनाएका थिए । राष्ट्रपति ट्रम्पले जारी आन्दोलन अधिकारका लागि शान्तिपूर्ण आन्दोलन नभएर घरेलु आतंकको चरम नमूना भएको प्रतिक्रिया दिनुभयो ।

यता राष्ट्रपति ट्रम्पका चुनावी प्रतिष्पर्धी जो विडेनले जातीय विभाजन गराउन खोजेको आरोप लगाउनुभएको छ ।

उहाँले चुनावी नाराको रुपमा अघि सारिएका केही योजनाहरु पनि विवादास्पद भएकाले ट्रम्पले झुटको खेती गरिरहेको टिप्पणीसमेत गर्नुभएको छ ।

उहाँले ट्रम्पले राजनीतिक फाइदाका लागि एक पछि अर्को मानवअधिकार उल्लंघन र व्यक्ति हत्याका घटना गराएको आरोप लगाउनुभयो ।

जो विडेनले पेन्सिलभेनिया र पिटर्सबर्गमा चुनावी प्रचारका क्रममा ट्रम्पले पदको दुरुपयोग गरेर राजनीतिक लाभका लागि अशान्ति मच्चाएको टिप्पणीसमेत गर्नुभयो ।(एजेन्सी)

प्रतिक्रिया दिनुहोस्