ठमेलका व्यवसायीहरु विस्थापित हुने अवस्थामा • Image Khabar Image Khabar


ठमेलका व्यवसायीहरु विस्थापित हुने अवस्थामा


Imagekhabar
१४ भाद्र २०७७, आईतवार १९:२०

ठमेलका व्यवसायीहरु विस्थापित हुने अवस्थामा

काठमाडौं, भदौ १४ । कोरोना महामारीका कारण व्यापार व्यवसाय ठप्प भएपछि ठमेल क्षेत्रका व्यवसायीहरु विस्थापित हुने अवस्थामा पुगेका छन् ।

पर्यटनमा निर्भर रहेको ठमेल लकडाउन र निषेधाज्ञाका कारण पूर्णरुपमा बन्द हुँदा व्यापार व्यवसाय पनि ठप्प छ ।

अन्य क्षेत्रमा भन्दा ठमेल क्षेत्रमा घरभाडा महँगो भएको र लामो समय व्यापार ठप्प भएपछि अहिले घरभाडा बुझाउन, कर्मचारीलाई तलब दिन समस्या भएको ठमेल पर्यटन विकास परिषद्का उपाध्यक्ष भवि शर्माले बताउनुभयो ।

ठमेल क्षेत्र पूर्ण रुपमा पर्यटकमा निर्भर रहेको क्षेत्र हो ।

अहिले अन्तर्राष्ट्रिय उठान बन्द भएका कारण पर्यटकहरु आउने अवस्था छैन् ।

नेपाल आएका ८० प्रतिशत पर्यटक ठमेल पुग्छन ।

त्यसैले ठमेलको व्यापार पूर्णरुपमा पर्यटनमा आधारित छ ।

सरकारले सन २०२० लाई पर्यटन वर्ष घोषणा गरेपछि ठमेलमा व्यवसाय गर्दै आएका व्यवसायीहरुले लगानी पनि बढाएका थिए ।

उपाध्यक्ष शर्माले घरजग्गा विक्री गरेर अथवा बैंक ऋण गरेर लगानी गरेका व्यवसायीहरु यतिवेला सबैभन्दा बढी समस्यामा रहेको बताउनुभयो ।

सरकारले पर्यटन व्यवसायीहरुलाई पुनरकर्जा उपलब्ध गराउने भनेपनि त्यसको कार्यान्वयन छिट्टै नहुँदा व्यवसायीहरु विस्थापित हुने अवस्थामा पुगिसकेको बताउनुभयो ।

ठमेल क्षेत्रमा सानाठूला गरी १० हजार भन्दा बढी व्यवसायीहरु रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्