चितवनमा निषेधाज्ञा हटाउन माग • Image Khabar Image Khabar


चितवनमा निषेधाज्ञा हटाउन माग


Imagekhabar
१४ भाद्र २०७७, आईतवार १५:२२

चितवनमा निषेधाज्ञा हटाउन माग

चितवन, भदौ १४ । चितवनमा उद्योगी व्यवसायीहरुले निषेधाज्ञा हटाउन माग गरेका छन् ।

सुरक्षाका अधिकतम उपायहरु अपनाएर उद्योग, व्यवसाय सञ्चालन गर्ने प्रतिवद्धतासहित निषेधाज्ञा हटाउन माग गर्दै विभिन्न १६ व्यवसायिक संगठनका प्रतिनिधिले प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराइसमक्ष ज्ञापन पत्र बुझाएका छन् ।

पटक पटकको निषेधाज्ञाले आपूर्ति श्रृंखला टुट्न जाने र मानिसमा रोगभन्दा पनि भोक र तनाबले गम्भीर अवस्था आउने भन्दै गम्भीर ध्यानाकर्षण गराएको चितवन उद्योग संघका अध्यक्ष राजु पौडेलले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्