५ बैशाख २०८१, बुधबार | Wed Apr 17 2024


कारले मोटरसाइकललाई ठक्कर दिँदा एकजनाको मृत्यु


0
Shares

प्रकाश मैनाली

सर्लाही, असार ३२ । पूर्व पश्चिम लोकमार्ग राजमार्ग अन्तर्गत सर्लाहीको बागमतीमा आइतबार साँझ भएको सवारी दुर्घटनामा एकजनाको मृत्यु गएको छ भने अर्का एकजना घाईते भएका छन् ।

बागमती नगरपालिका–११ पुतली चोकमा भएको दुर्घटनामा धनुषाको सबैला नगरपालिका–१३ का ३५ वर्षीय जिलान सेखको मृत्यु भएको हो । उनको उपचारका क्रममा नमूना अस्पताल हरिवनमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा गम्भीर घाईते भएका सोही ठाउँका ४० वर्षका अमिने सेखलाई राति नै थप उपचारका लागि भरतपुर रेफर गरिएको हरिवनका प्रहरी निरीक्षक रामकाजी थापाले जानकारी दिए ।

साँझ सवा ६ बजेतिर पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको बा१८च ७०२६ नं. को कारले विपरीत दिशाबाट आउँदै गरेको स९प ४२३२ नं. को मोटरसाइकललाई ठक्कर दिँदा दुर्घटना भएको हो । मृतक सेख मोटरसाइकलका चालक हुन् भने गम्भीर घाईते भएका व्यक्ति मोटरसाइकलको पछाडि सवार थिए ।

प्रहरीले दुर्घटनापछि कारका चालक महोत्तरीको बर्दिबास नगरपालिका– १ का केशव थापालाई नियन्त्रणमा लिइ अनुसन्धान गरिरहेको छ । मृतकको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल मलंगवामा राखिएको प्रहरीले जनाएको छ ।