त्रिवि विद्यार्थीको खोजी गर्दै • Image Khabar Image Khabar


त्रिवि विद्यार्थीको खोजी गर्दै


Imagekhabar
१० भाद्र २०७७, बुधबार १४:४७

त्रिवि विद्यार्थीको खोजी गर्दै

काठमाडौं, भदौ १० । त्रिभुवन विश्वविद्यालयले वैकल्पिक शिक्षामा सामेल नभएका विद्यार्थीहरुको खोजी गर्न स्थानीय सरकार, अभिभावक र प्रशासनलाई आग्रह गरेको छ ।

त्रिविले सूचना प्रकाशन गरेर वैकल्पिक विधिबाट अध्ययन गराई सोहिको आधारमा नै परीक्षा लिने तयारी भइरहेको भन्दै सम्र्पकमा नआएका विद्यार्थीका कारण समस्या भएको जनाएको छ ।

त्रिविले आफू मातहतका सम्पूर्ण विभाग, प्रशासन र डीन कार्यालयहरुलाई समेत विद्यार्थीको खोजी गर्न र सम्पर्कमा ल्याउन निर्देशन दिएको छ ।

त्रिविले रोकिएका सबै परीक्षाहरु असोजभित्र सञ्चालन गराउन निर्णय गरेसँगै विद्यार्थीको खोजी गर्न थालेको हो ।

प्रतिक्रिया दिनुहोस्