२० बैशाख २०८२, शनिबार | Sat May 3 2025


कोरोनाका कारण जापानको अर्थतन्त्रमा उच्च गिरावट


0
Shares

काठमाडौं । कोरोना भाईरस संक्रमण रोक्न गरिएको लकडाउनका कारण विश्वको अर्थतन्त्रमा गिरावट आउने क्रम जारी रहँदा यसको मारमा जापान पनि परेको छ ।

जापानको अर्थन्त्रमा पनि यस आर्थिक वर्षको दोस्रो त्रैमासमा अहिलेसम्मकै उच्च गिरावट आएको छ । मे महिनाको अन्तमा लकडाउन खुकुलो भएसंगै अर्थव्यबस्थामा सुधार हुने अपेक्षा गरिएको थियो ।

अप्रीलदेखि जुनमा जापानको कूल गार्हस्थ्य उत्पादनमा २७ प्रतिशतले कमी आएको जनाइएको छ । जुन सन् १९८० यता कै सबै भन्दा उच्च गिरावट हो ।

अर्थतन्त्रमा यती धेरै गिरावट आउनुको मुख्य कारण आन्तरिक खपत र निर्यातमा कमी हुनु रहेको बताइएको छ । एजेन्सी