१८ बैशाख २०८२, बिहिबार | Fri May 2 2025


मन्त्रीको बचाउमा बोल्यो रक्षा मन्त्रालय, सेनाले मागेको कुनै विषयको निर्णय रोकिएको छैन


0
Shares

Ishwor pokhrel nepal army defence ministry

काठमाडौं, साउन ३२ । रक्षा मन्त्रालयले विभागीय मन्त्री इश्वर पोखरेल र नेपाली सेनाबीचमा कुनै विवाद नरहेको जनाएको छ ।

मन्त्री पोखरेलको बचाउमा विज्ञप्ति निकाल्दै विभागले मन्त्री, मन्त्रालय र सेनाबीचमा विवाद भन्ने खालका मनगढन्ते समाचार प्रकाशित गरिएको आरोप पनि लगाइएको छ ।

सेनाले मागेको सबैखाले विषयमा मन्त्रालयले निर्णय दिने गरेको भन्दै कोरोनासँग सम्बन्धित स्वास्थ्य सामग्री खरिद गर्दा जी टू जी मार्फत् शून्य कमिशनका आधारमा गरिएको दावी पनि गरिएको छ ।

सामान ढुवानी गर्दा ढिलो गरायो भनेर लगाइएको आरोप निराधार र कपोलकल्पित रहेको पनि विज्ञप्तिमा उल्लेख छ ।

साउन १६ गतेको विकास समिति बैठकमा रक्षा मन्त्री र प्धान सेनापतिबीच कुनै विवाद नभएको जिकीर गर्दै रक्षाले सौहार्द्रपूर्ण वातावरणमा बैठक भएको पनि जनाएको छ ।

काठमाडौं तराई द्रूत मार्गमा ढिलाई हुनमा अरु नै कारणहरु रहेको भन्दै रक्षाले नेपाली सेनाले निकै प्रभावकारी ढंगले काम गरिरहेको दावी प्रवक्ता कृष्ण ज्ञवालीले जारी गरेको विज्ञप्तिा उल्लेख छ ।