डोनाल्ड ट्रम्पका कान्छा भाई रोबर्ट ट्रम्पको निधन • Image Khabar Image Khabar


डोनाल्ड ट्रम्पका कान्छा भाई रोबर्ट ट्रम्पको निधन


Imagekhabar
३२ श्रावण २०७७, आईतवार १०:५४

डोनाल्ड ट्रम्पका कान्छा भाई रोबर्ट ट्रम्पको निधन

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका कान्छा भाइ रोबर्ट ट्रम्पको ७१ बर्षको उमेरमा निधन भएको छ ।

ह्वाइट हाउसले एक बक्तब्य जारी गर्दै डोनाल्ड ट्रम्पका कान्छा भाईको निधन भएको जनाएको छ ।

केही दिनदेखि न्यूयोर्क सिटीको अस्पतालमा उपचार गराइरहेका ट्रम्पका भाइ रोवर्टको उपचारकै क्रममा निधन भएको हो यद्दपी उहाँको के कति कारणले निधन भएको भन्ने बारे केहीे खुलाइएको छैन ।

रोबर्टले राष्ट्रपति डोन्ल्ड ट्रम्पको रियल–स्टेट लगानीको ब्यबसाय सम्हाल्दै आउनुभएको थियो ।

यसैचीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफनो भाइको निधनप्रति शोक ब्यक्त गर्दै पछिल्लो पटक अस्पतालमा भेट्न जाँदा रोबटलाई निकै गाहे भइरहेको भन्दै आफनो भाईमात्र नभई एक असल मित्र पनि रहेको प्रष्ट पार्नुभएको छ । (एजेन्सी)

प्रतिक्रिया दिनुहोस्