
दोलखा । दोलखामा आजदेखि लकडाउन गरिएको छ ।
कोरोना संक्रमितको संख्या बढ्दै गएपछि जिल्ला संकट व्यवस्थापन समितिका बैठकले दोलखामा आजबाट आगामी भदौ ६ गतेसम्मका लागि लकडाउन घोषणा गरेको हो ।
जिल्लामा कोभिड –१९ का संक्रमित देखिएकोले जिल्लामा संक्रमण फैलिन नदिन र नियन्त्रणलाई प्रभावकारी बनाउनका लागि जिल्लाभर लकडाउन गर्ने निर्णय भएको समितिले जनाएको छ ।
शुक्रबार बिहान ६ बजेदेखि भदौ ६ गते राति १२ बजेसम्म अत्यावश्यक काममा बाहेक घर बाहिर निस्कन र जिल्लाभर सवारी साधन सञ्चालन गर्न पूर्ण रुपमा रोक लगाइएको छ ।
प्रतिक्रिया दिनुहोस्