Logo १२ आश्विन २०८३, सोमबार | Tue Sep 29 2026


गायक बादलको ‘हेर यो मुटुमा चिरा पर्‍या छ’मा प्रेमको मार्मिक कथा(भिडियो)


0
Shares

काठमाडौं । गायक बादल थापाको ‘हेर यो मुटुमा चिरा पर्‍या छ’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ।

भिडियो निर्माणअघि नै चर्चा कमाएको थापाको आवाज रहेको यो गीतको अफिसियल भिडियो भने तयार भएको थिएन।

सञ्चारकर्मी तथा कलाकार चिरञ्जवी सापकोटा (जिबी चिरन), रोशनी कार्की र प्रेम पुरीको अभिनय यस गीतमा देख्न सकिन्छ।

गीतको अफिसियल भिडियो आइतबार मात्र सार्वजनिक भएको हो । गीतको निर्देशन सृजन बरालले गरेका हुन्।

गायक थापाकै शब्द तथा संगीतमा तयार भएको गीत निक्कै मार्मिक छ । आहा टिभी युट्युब च्यानलबाट आइतबार दिउँसो सार्वजनिक भएको गीतले केही समयभित्रै राम्रो प्रतिक्रिया प्राप्त गर्न सफल भएको छ।

भिडियो