बाँकेमा कोरोना संक्रमणबाट थप एकजनाको मृत्यु • Image Khabar Image Khabar


बाँकेमा कोरोना संक्रमणबाट थप एकजनाको मृत्यु


Imagekhabar
२५ श्रावण २०७७, आईतवार १९:२२

बाँकेमा कोरोना संक्रमणबाट थप एकजनाको मृत्यु

बाँके, साउन २५ । बाँकेमा आइतबार कोरोना संक्रमणबाट थप एकजनाको मृत्यु भएको छ ।

कोहलपुर नगरपालिका–२ की ७० बर्षिया महिलाको कोरोनाबाट मृत्यु भएको बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङले जानकारी दिनुभयो ।

उनको नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा उपचारका क्रममा आइतबार मृत्यु भएको हो ।

योसँगै बाँकेमा कोरोनाबाट मृत्यु हुनेको संख्या तीन पुगेको छ ।

यसअघि बैजनाथकी एक महिला र नरैनापुरका पुरुषको कोरानाबाट मृत्यु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्