१७ असार २०८२, मंगलबार | Tue Jul 1 2025


भरिन थाले कोभिड अस्पताल


0
Shares

काठमाडौं । संक्रमण बढ्दै जाँदा देशभरका कोभिड अस्पताल भरिन थालेका छन् । सरकारले कोरोना उपचारका लागि देशभर ३४ अस्पताल तोकेको थियो ।

प्रदेश र स्थानीय तहले पनि केही अस्पताल व्यवस्था गरेका छन् । ६ हजार तीन सय ३० ‘एक्टिभ केस’मध्ये दुई हजार चार सय ११ जना मात्र कोभिड अस्पतालमा, बाँकी तीन हजार नौ सय १९ अस्पतालबाहिर छन् ।

प्रदेश २ मा मात्रै १२ सय नौजना अस्पतालमा, उपत्यकाका ६ कोभिड अस्पतालमा चार सय २८ बेडमध्ये तीन सय ८२ मा संक्रमित छन् ।

प्रदेश १ मा दुई सय ८१, उपत्यकाबाहेक बागमती प्रदेशमा एक सय ३४, गण्डकीमा एक सय २१, प्रदेश ५ मा एक सय ५५, कर्णालीमा ११ र सुदूरपश्चिममा एक सय १३ संक्रमित अस्पतालमा छन् ।

काठमाडौं उपत्यकामा सरकारले तोकेका कोरोना उपचार हुने ६ वटा अस्पताल छन् । तीमध्ये दुईवटामा क्षमताभन्दा बढी संक्रमित पुगिसकेका छन् ।

एक सय २० बेड क्षमता भएको बलम्बुस्थित सशस्त्र प्रहरी अस्पतालमा एक सय २१ र आठ बेड क्षमता रहेको शिक्षण अस्पताल महाराजगन्जमा नौ संक्रमितको उपचार भइरहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । नयाँ पत्रिका दैनिकबाट