प्रधानमन्त्री ओलीको कोरोना रिपोर्ट नेगेटिभ • Image Khabar Image Khabar


प्रधानमन्त्री ओलीको कोरोना रिपोर्ट नेगेटिभ


Imagekhabar
२३ श्रावण २०७७, शुक्रबार १८:२९

PM kp oli baluwatar expert meeting corona crisis

काठमाडौं, साउन २३ । प्रधानमन्त्री केपी शर्मा ओलीको कोरोना रिपोर्ट नेगेटिभ आएको छ ।

शुक्रबार प्रधानमन्त्री ओली र उहाँ निकटमा भई काम गर्ने सचिवालयका कर्मचारीहरूको स्वाब संकलन गरी परीक्षण गरिएकोमा रिपोर्ट नेगेटिभ आएको प्रधानमन्त्री सचिवालयले जनाएको छ ।

प्रधानमन्त्री ओलीसँगै उहाँका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमाल, प्रेस सल्लाहकार सूर्य थापालगायत पहिलो सुरक्षा घेरामा रहेका सुरक्षाकर्मीको कोरोना परीक्षण गरिएको हो ।

कोरोना संक्रमण पुष्टि भएका प्रदेश २ का आन्तरिक मामिलामन्त्री ज्ञानेन्द्रकुमार यादवको कन्ट्याक्ट ट्रेसिङमा परेपछि प्रधानमन्त्रीसहितको कोरोना परीक्षण गरिएको प्रधानमन्त्री सचिवालयले जनाएको हो ।

केही दिनअघि प्रहरी समायोजनसम्बन्धी बालुवाटार बैठकमा सहभागी भएका मन्त्री यादव काठमाडौंबाट फर्किए लगतै पिसिआर परीक्षण गर्दा कोरोना पुष्टि भएको थियो ।

प्रतिक्रिया दिनुहोस्