अन्तुमा संचालित होमस्टेले पाहुना नराख्ने • Image Khabar Image Khabar


अन्तुमा संचालित होमस्टेले पाहुना नराख्ने


Imagekhabar
२० श्रावण २०७७, मंगलवार ०९:५८

अन्तुमा संचालित होमस्टेले पाहुना नराख्ने

इलाम । कोरोनाको जोखिम बढेपछि इलामको श्रीअन्तुमा संचालित होमस्टेले घरमा पाहुना नराख्ने निर्णय गरेको छ ।

भिडभाड र नयाँ व्यक्तिको आगमनले कोरोनाको जोखिम बढ्न सक्ने भन्दै मुख्य पर्यटकीय क्षेत्र श्रीअन्तुका व्यवसायीले होमस्टे, कटेज र होटलमा साउनभरी आगन्तुकलाई नराख्ने निर्णय गरेको हो ।

कोरोना महामारीकाबीच अन्तु क्षेत्रमा अझै पर्यटकको चहलपहल भइरहेको छ ।

यस्तो बेला सबै सजग हुनुपर्ने भएकाले निश्चित समयका लागि आफूहरूले सेवा दिन नसक्ने निर्णय गरेको अन्तुडाँडा सामुदायिक होमस्टेका अध्यक्ष धनकुमार आलेले बताउनुभयो ।

सूर्योदय नगरपालिकास्थित अन्तु, समालबुङ क्षेत्रमा ७६ वटा होमस्टे र ३३ भन्दा बढी होटल र कटेज छन् ।

प्रतिक्रिया दिनुहोस्