
सुनसरी, असार ३१ । सप्तकोशीमा पनीको बहाव बढेर यो वर्ष कै उच्च भएको छ । सप्तकोशीमा आज गरिएको मापन अनुसार पानीको बहाव २ लाख २२ हजार ६ सय २५ क्युसेक पुगेको छ ।
सप्तकोशीमा पानीको बहाव १ लाख ५० हजार क्युसेक पुगेपछि खतरा मानिन्छ । जीर्ण बनेको सप्तकोशी ब्यारेजका सबै ढोका नखोलेपछि स्थानीय बासिन्दा त्रसित र असुरक्षित भएका छन् ।
पानीको बहाव उच्च हुँदासमेत ब्यारेजका ५६ मध्ये २७ वटामात्र ढोका खोलिएको छ । ब्यारेजका सबै ढोका नखोलेकाले बराह क्षेत्र नगरपालिकाको श्रीलंका टापु पुरै डुबानमा परेको छ ।
कोशी ब्यारेजका ढोका थुनेर नेपालीलाई असुरक्षित बनाएको बराह क्षेत्र नगरपालिकाका मेयर निलम खनालले बताए ।
सप्तकोशीमा पानीको बहाव उच्च भएपछि स्थानीय बासिन्दालाई सचेत रहन स्थानीय प्रशासनले आग्रह गरेको छ ।
प्रतिक्रिया दिनुहोस्