कैलालीमा बाढीमा बगेर मृत्यु हुनेको संख्या तीन • Image Khabar Image Khabar


कैलालीमा बाढीमा बगेर मृत्यु हुनेको संख्या तीन


Imagekhabar
१६ श्रावण २०७७, शुक्रबार १६:५१

kailali

कैलाली, साउन १६ । कैलालीमा अविरल वर्षापछि नदीमा आएको बाढीसँगै बेपत्ता भएका भजनी नगरपालिका–८ का चक्रबहादुर विकको शव फेलापरेको छ ।

बुधबार ईश्वर शाहसँगै बेपत्ता भएका विकको शव शुक्रबार दिउँसो फेलापरेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख प्रहरी उपरीक्षक अनुपमशमशेर जबराले जानकारी दिनुभयो ।

बेपत्ता भएका स्केल चौधरीको बिहीबार र ईश्वर शाहको शुक्रबार बिहान शव फेलापरेको थियो ।

योसँगै जिल्लामा बाढीमा बगेर मृत्यु हुनेको संख्या तीन पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्