
 तस्विर : फाइल
	    सर्लाही, साउन १२ । सर्लाहीमा हरियो तरकारीको मूल्य तेब्बरले वृद्धि भएको छ ।
केही दिन देखि निरन्तर परेको बर्षाले उत्पादनमा कमी आउँदा तरकारीको मूल्य बढेको व्यवसायीको भनाइ छ ।
पानीले धेरैजसो तरकारी खेतबारीमै नष्ट भएको किसानले बताएका छन् ।
लामो लकडाउनपछि विस्तारै तरकारीले बजार पाउन थालेको अवस्थामा अधिक वर्षाले फेरी व्यापक क्षति पुर्याएको लालबन्दी नगरपालिका–११, हीरापुरका किसान राजकुमार महतोले बताउनुभयो ।
लालबन्दीस्थित थोक तरकारी बजारमै अहिले हरेक तरकारीको मूल्य आकासिएको छ ।
मूल्य बढ्दा उपभोक्ता मारमा परेका छन् ।
किसानबाट खुद्रा व्यापारी हुँदै उपभोक्तासम्म पुग्ने तरकारीको मूल्य अझै महँगिएको छ ।


 कोशी
कोशी
                                         मधेश
मधेश
                                         बागमती
बागमती गण्डकी
                                            गण्डकी
                                         लुम्बिनी
लुम्बिनी
                                         कर्णाली
कर्णाली
                                         सुदूरपश्चिम
सुदूरपश्चिम 
	                                	                            

 
                
प्रतिक्रिया दिनुहोस्