Logo १० आश्विन २०८३, शनिबार | Sat Sep 26 2026


बढ्याे सुनचाँदीको मूल्य, सुन ताेलामा ४२ सयले वृद्धि


806
Shares

काठमाडाैं । नेपाली बजारमा बुधबार सुनचाँदीको मूल्य बढेको छ।

मंगलबार तोलामा दुई सय रूपैयाँले घटेको सुनको मूख्य कुधबार प्रतितोला चार हजार दुई सय रूपैयाँले बढेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघले बुधबार सुन प्रतितोला दुई लाख ८८ हजार रूपैयाँमा किनबेच भइरहेको जनाएकाे छ। मंगलबार सुन प्रतितोला दुई लाख ८३ हजार आठ सय रूपैयाँमा कारोबार भएको थियो।

त्यस्तै, बुधबार चाँदीको मूल्य पनि बढेको छ। चाँदी मंगलबार तोलामा चार हजार तीन सय ८० रूपैयाँमा कारोबार भएको थियाे। चाँदी बुधबार चार हजार चार सय ७५ रूपैयाँमा कारोबार भइरहेको छ। यो मूल्य मंगलबारको तुलनामा प्रतितोला ९५ रूपैयाँले बढेको हो।

अन्तर्राष्ट्रिय बजारमा बुधबार सुन प्रतिऔंस चार हजार एक सय ३८ अमेरिकी डलरमा कारोबार भइरहेको महासंघले जनाएकाे छ।

Skip This