वनमन्त्री शक्ति बस्नेतको अभिव्यक्तिप्रति चेपाङ समुदायको आपत्ति, गरिबको खिल्ली उडाएको निष्कर्ष • Image Khabar Image Khabar


वनमन्त्री शक्ति बस्नेतको अभिव्यक्तिप्रति चेपाङ समुदायको आपत्ति, गरिबको खिल्ली उडाएको निष्कर्ष


Imagekhabar
१२ श्रावण २०७७, सोमबार ११:०६

वनमन्त्री शक्ति बस्नेतको अभिव्यक्तिप्रति चेपाङ समुदायको आपत्ति, गरिबको खिल्ली उडाएको निष्कर्ष

चितवन । वन तथा वातावरण मन्त्री शक्तिबहादुर वस्नेतले चितवनको चेपाङ बस्तीमा घर नभई केही मचानमा आगो लगाएको भन्ने अभिव्यक्ति दिए पछि चेपाङहरुले त्यसको विरोध गरेका छन् ।

चेपाङहरुले नागरिकता र दुखले कमाएको १० हजार रुपैयाँ समेत निकाल्न नपाइकन निकुञ्ज प्रशासनले आगो लगाएको गुनासोसमेत गरेका छन् ।

गरिब विपन्न चेपाङको घर नै झुपडी रहेको भन्दै मन्त्रीको अभिव्यक्तिका कारण गरिबको खिल्ली उडाएको उनीहरुले निष्कर्र्ष निकालेका छन् ।

बसिरहेको घर पूर्णरुपमा क्षति भएको चेपाङका अगुवा कमल चेपाङले बताउनुभयो । अहिले राइ टोल, परुई खोलामा उनीहरुलाई ल्याएर राखेपनि परुई खोलामा व्यवस्थापनको काम रोकिएको छ ।

रुर्ई खोलामासमेत झुप्रो बनाएर वसेका चेपाङहरुलाई निकुञ्जका सैनिक र प्रशासनले छोड्न दबाव दिने गरेको उनीहरुको गुनासो छ ।

यसैबीच निकुञ्जमा सेनाको कुटपिटबाट मृत्यु भएको भनिएका युवक राजकुमार चेपाङको शव पोस्टमार्टमका लागि काठमाडौं पठाइएको छ ।

भरतपुर अस्पतालको शव गृहमा राखिएको उनको शव पोस्टमार्टम हुन नसकेपछि काठमाडौंको महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा पठाइएको हो ।

हिजो जिल्ला प्रशासन कार्यालयमा भएको वार्तापछि शव पोष्टमार्टम गर्न परिवारका सदस्यहरु सहमत भएका थिए ।

वार्तामा राजकुमार चेपाङको परिवार बस्दै आएको घर चितवन राष्ट्रिय निकुञ्जले बनाइदिने, उनकी डेढ वर्षीया छोरीका लागि मासिक एक हजार रुपैयाँ जम्मा गरिदिने र मृतककी श्रीमतीलाई क्षमताअनुसारको रोजगारी दिने सहमति भएको परिवारजनको भनाइ छ ।

यो पनि पढ्नुस

प्रतिक्रिया दिनुहोस्