चितवनको चेपाङ बस्तिमा भएको घटना बाहिर सार्वजनिक भएजस्तो नभएको : मन्त्रीबस्नेते • Image Khabar Image Khabar


चितवनको चेपाङ बस्तिमा भएको घटना बाहिर सार्वजनिक भएजस्तो नभएको : मन्त्रीबस्नेते


Imagekhabar
११ श्रावण २०७७, आईतवार २०:२४

चितवनको चेपाङ बस्तिमा भएको घटना बाहिर सार्वजनिक भएजस्तो नभएको : मन्त्रीबस्नेते

चितवनको चेपाङ बस्तिमा भएको घटना बाहिर सार्वजनिक भएजस्तो नभएका : मन्त्रीबस्नेते
काठमाडौं, साउन ११ । वन तथा वातावरण मन्त्री शक्तिबहादुर बस्नेतले चितवनको कुसुमखोला स्थित चेपाङ बस्तिमा भएको घटना बाहिर सार्वजनिक भएजस्तो नभएको बताउनुभएको छ ।

प्रतिनिधिसभाको कानून न्याय तथा मानवअधिकार समितिको बैठकमा उहाँले चेपाङ बस्तिमा आगो लागाइएको र सेनाद्धारा कुटपिट भई मृत्यु भएको समाचारहरु बाहिर आएको भन्दै सबै कुरा सत्य नभएको जिकिर गर्नुभयो ।

मन्त्री बस्नेतले नेपाली सेनाद्धारा कुटपिट भई मृत्यु भएको सम्बन्धमा पनि छानविन भइरहेको बताउनुभयो ।

मन्त्री बस्नेतले समितिले पनि आफ्नो ढंगले त्यसलाई विस्तृतमा अध्ययन गर्न पनि आग्रह गर्नुभयो ।

बैठकमा समिति सदस्य देव गुरुङले कुसुमखोला घटना मानवअधिकार विरुद्धको भएको जिकिर गर्नुभयो ।

उहाँले निकुन्जको संरक्षण गर्ने जिम्मेवारी निकुन्ज प्रशासनको भएपनि कारबाही गर्ने तरिका उचित नभएको बताउनुभयो ।

नेपाली कांग्रेसका सांसद वालकृष्ण खाँडले उक्त घटनालाई राज्यबाट नागरिकमाथि प्रहार भएको घटनाको रुपमा लिनुपर्ने बताउनुभयो ।

बैठकमा समितिका सदस्यहरुले सेनाको बारेमा बोल्नै नहुने र प्रहरीको संरक्षण गृहमन्त्रीले गर्नै पर्ने प्रवृत्तिले राज्यबाटै घटनाहरु घट्ने गरेको बताए ।

निकुञ्ज संरक्षण गर्ने नाउँमा मानिसमाथि नै आक्रमण गर्ने प्रवृति रोक्नु पर्ने उनीहरुको भनाई थियो ।

प्रतिक्रिया दिनुहोस्