प्रहरी प्रधान कार्यालयमा कार्यरत चार प्रहरीमा कोरोना संक्रमण देखियो • Image Khabar Image Khabar


प्रहरी प्रधान कार्यालयमा कार्यरत चार प्रहरीमा कोरोना संक्रमण देखियो


Imagekhabar
११ श्रावण २०७७, आईतवार १३:३०

nepal police headquarter corona

काठमाडौं । प्रहरी प्रधान कार्यालय नक्सालमा कार्यरत चार प्रहरीमा कोरोना संक्रमण देखिएको छ ।

एक हवल्दार र तीन जवानमा कोरोना पुष्टि भएको हो । प्रहरी अस्पतालमा भएको परीक्षणमा संक्रमण देखिएपछि थप पुष्टिको लागि टेकु पठाइएको नेपाल प्रहरीका प्रवक्ता डिआईजी निरजबहादुर शाहीले हामीले जानकारी दिनुभयो ।

केही दिनअघि सञ्चार र सवारी शाखामा कार्यरत चार जनालाई ज्वरो आएपछि पीसीआर परीक्षण गरिएकोमा उनीहरुको रिपोर्ट पोजिटिभ आएको हो ।

कोरोना देखिएपछि उनीसँग सम्पर्कमा आएका अन्य १२ जनाभन्दा बढी प्रहरीको कोरोना परीक्षणको लागि स्वाब संकलन गरी परीक्षणका लागि पठाइएको छ ।

यस्तै मुलुकका विभिन्न जिल्लाका हालसम्म नेपाल प्रहरीका १ सय १९ मा कोरोना संक्रमण देखिएको छ । जसमध्ये ९५ जना कोरोनामुक्त भएर डिस्चार्ज भएका छन् ।

संक्रमितमा ६ इन्स्पेक्टर, ८ सई, ७ असई, ३६ हवल्दार, ६१ प्रहरी जवान र एकजना कार्यालय सहयोगी रहेका छन् । जसमध्ये दुई महिला र १ सय १७ पुरुष छन् ।

प्रतिक्रिया दिनुहोस्