स्याङ्जामा पनि पहिरोले पुरीएर घरमा सुतिरहेकी महिलाको मृत्यु • Image Khabar Image Khabar


स्याङ्जामा पनि पहिरोले पुरीएर घरमा सुतिरहेकी महिलाको मृत्यु


Imagekhabar
७ श्रावण २०७७, बुधबार ११:३०

स्याङ्जामा पनि पहिरोले पुरीएर घरमा सुतिरहेकी महिलाको मृत्यु

स्याङ्जा । स्याङ्जामा पहिरोले पुरीएर एक महिलाको मृत्यु भएको छ । गल्याङ् नगरपालिका–१० सिमलसौँरामा पहिरोले घर भत्किँदा माया सारुको मृत्यु भएको हो ।

राती सुतेको अवस्थामा एक्कासी पहिरो आएकाले भाग्न नपाउँदा उनको मृत्यु भएको हो । बीस वर्षीया छोरीको भने उद्धार गरिएको प्रहरीले जनाएको छ ।

घरदेखि करिब २५ मिटर माथिबाट आएको पहिरोले घर पुरेको हो ।

प्रतिक्रिया दिनुहोस्