कोराना महामारीमा मरे ६ लाख मानिस, अमेरिकामा मात्रै मृतक १ लाख ४२ हजार नाघे • Image Khabar Image Khabar


कोराना महामारीमा मरे ६ लाख मानिस, अमेरिकामा मात्रै मृतक १ लाख ४२ हजार नाघे


Imagekhabar
३ श्रावण २०७७, शनिबार ०८:०८

corona world death usa brazil india russia

काठमाडौं, साउन ३ ।

कोरोना महामारीका कारण करिब विश्वमा ६ लाख मानिसको मृत्यु भएको छ । कोभिड–१९ बारे तथ्यांक राखिरहेको वल्ड्र्रोमिटर्स डट इन्फोका अनुसार अहिलेसम्म ५ लाख ९९ हजार ३३९ जनाको मृत्यु भएको हो ।

यसैगरी संसारभरमा १ करोड ४१ लाख ८९ हजार मानिस यसबाट संक्रमित बनेका छन् । जबकी सबैभन्दा बढी संक्रमण रहेको अमेरिकामा ३७ लाख ७० हजार व्यक्ति यसबाट संक्रमित छन् ।

सबैभन्दा बढी अमेरिकामा १ लाख ४२ हजारको मृत्यु भएको छ ।

दोस्रो स्थानमा रहेको ब्राजिलमा २० लाख ४८ हजार संक्रमित र ७७ हजार ९ सयको मृत्यु भएको छ ।

भारत सबैभन्दा बढी संक्रमित हुने तेस्रो मुलुकमा रहँदा त्यहाँ १० लाख ४० हजारभन्दा बढी व्यक्तिमा संक्रमण देखिएको छ । मृतक भने २६ हजार नाघेको छ ।

कोराना महामारीमा मरे ६ लाख मानिस, अमेरिकामा मात्रै मृतक १ लाख ४२ हजार नाघे
कोराना महामारीमा मरे ६ लाख मानिस, अमेरिकामा मात्रै मृतक १ लाख ४२ हजार नाघे
प्रतिक्रिया दिनुहोस्