
काठमाडौं, साउन २ । नेपालका टेलिभिजन सेवा प्रदायकहरु संगठित भएका छन् ।
भारतीय समाचार च्यालनहरुले नेपालका विषयमा अनर्गल प्रचार गर्न थालेपछि स्वःनिर्णय गर्दै प्रशारण बन्द गरेका सेवा प्रदायकहरु संगठित भएका हुन् ।
भारती न्यूज च्यानलहरुले नेपाल र प्रधानमन्त्रीका विषयमा अनर्गल प्रचार गर्न थालेपछि सेवा बन्द भएपनि संगठित नहुँदा केही अलमल भएको मल्टि सिस्टम अपरेटर (एमएसओ) अध्यक्ष सुदिप आचार्यले बताउनुभयो ।
भारतीय च्यानल आ-आफ्नो हिसाबले बन्द गरेपनि त्यसले केही अलमल भएकाले संगठित रुपले अगाडी बढ्ने निर्णय भएको उहाँले बताउनुभयो ।
अहिले नेपालमा जी न्युज, आजतकलगायतका समाचार च्यानलहरुको प्रशारण बन्द रहेको छ ।
सेवा प्रदायकहरु अब डिजिटल टिभी अपरेटर एसोशिएसन अफ नेपाल मार्फत एकजुट भएर हुने भएका हुन् ।
डिसहोम, प्रभु टिभी, क्लियर टिभी, म्याक्स टिभी, मेगा टिभी, मेरो टिभी, नेट भिटी, सुविसु टिभी र भायो टिभीलगायतका प्रदायकहरु संगठित भएका हुन् ।
प्रतिक्रिया दिनुहोस्