Logo १७ आश्विन २०८३, शनिबार | Sat Oct 3 2026


प्रधानमन्त्री ओलीले अभिव्यक्ति फिर्ता नलिए आन्दोलन !


13
Shares

काठमाडौं । त्रेता युगकालिन भगवान रामको जन्मस्थलबारे प्रधानमन्त्री केपी शर्मा ओलीले दिएको अभिव्यक्तिप्रति जनकपुरका साधुसन्तहरु आक्रोशित बनेका छन् ।

बुधबार रामानन्दिय श्री बैष्णव संघले एक विज्ञप्तिमार्फत प्रधानमन्त्री ओलीको अभिव्यक्तिले विश्वभरका हिन्दु धर्मावलम्वीहरुको आस्थामा ठेस पुगेको उल्लेख छ ।

संघका महासचिब नोवल किशोर शरणद्वारा हस्ताक्षरित विज्ञप्तिमा ‘सनातन हिन्दु धर्मग्रन्थ तथा हिन्दु धर्मावलम्वीका अनुसार भगवान श्रीरामको जन्मस्थल भारत उत्तरप्रदेशको पवित्र सरयु नदीको किनारमा अवस्थित अयोध्या तथा जगत जननी श्री सिताको जन्मस्थल नेपालको जनकपुर रहेको छ,’ भनिएको छ ।

संघले नेपाल–भारतको सदियौंदेखिको सम्बन्धमा खलल पुगेको, रामायण रचियता भानुभक्त आचार्यको अपमान भएको पनि ठहर गरेको छ ।

प्रधानमन्त्री ओलीले उक्त अभिव्यक्ति तत्काल फिर्ता लिएर हिन्दुधर्मको सम्मान गर्न संघले माग गरेको छ । अभिव्यक्ति फिर्ता नलिए आन्दोलनमा उत्रिने चेतावनी संघले दिएको छ ।

त्यस्तै मंगलबार जनकपुरधामका महन्थ महामण्डलेश्वर रामतपेश्वर दास वैष्णवले अयोध्याबारे प्रधानमन्त्री ओलीले दिएको अभिव्यक्ति अत्यन्त दूर्भाग्यपूर्ण रहेको बताएका थिए ।

उनले अध्यात्म र संस्कृतिमा राजनीति छिराउनु जनस्तरमा सम्बन्ध बिगार्नु हो भन्दै अभिव्यक्तिले सम्पूर्ण सनातन धर्मावलम्बीहरुलाई आहत बनाएको बताउनुभएको थियो ।

Skip This