
विराटनगर, असार २९ । विपक्षी कांग्रेसको असहमतिबीच मोरङको रंगेली नगरपालिकाको नगरसभा सम्पन्न भएको छ ।
असार १० गते नगरसभा गर्नुपर्ने कानुनी प्रावधान भएपनि विवादको कारण १७ दिन पछि मात्र नगरसभा सम्पन्न भएको हो ।
५० जना सदस्य जनप्रतिनिधि रहेको नगरपालिकामा २० सदस्यले नगरसभा बहिस्कार गरेका थिए । काँग्रेसबाट निर्वाचित जनप्रतिनिधिहरुलाई बेवस्ता गर्दै नगरप्रमुख दिलीप बडगीयाले बहुमत पुर्याएर सभा सम्पन्न गर्न खोजेको भन्दै विपक्षीहरुले नाराबाजी गरेका थिए ।
रंगेली नगरपालिकाका ९ वडा मध्ये ४ वडामा नेकपा, ३ वटामा काग्रेस र २ वडामा जनता समाजवादी पार्टीले जिनेको थियो ।
प्रतिक्रिया दिनुहोस्