२८ बैशाख २०८२, आइतबार | Sun May 11 2025


चिनियाँ राजदूत यान्छीको चर्चा : कुटनीतिदेखि मनोरन्जनसम्म (भिडियो)


52
Shares

-नरेन्द्र मानन्धर/ईमेज

काठमाडौं । सत्ताधारी दल नेपाल कम्युनिष्ट पार्टीका नेताहरुको घरघर चाहरेर आन्तरिक राजनीतिमा हस्तक्षेप गरेको आरोप नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीमाथि लागिरहेको छ ।

राजनीतिक हस्तक्षेपको आरोप खेपिरहनु भएकी चिनियाँ राजदूत यान्छी नेपाली गीतमा गरेको नृत्यका कारण पनि चर्चामा रही आउनु भएको छ ।

सत्ताधारी दल नेकपामा संकट गहिरिन थाल्नासाथ नेपालका लागि चिनियाँ राजदूत यान्छीको सक्रियता ह्वात्तै बढ्छ र बढिरहेको छ ।

यस पटक पनि प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामालाई बटमलाइन बनाउनु भएका नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, वरिष्ठ नेता माधव नेपाल र झलनाथ खनाललाई उहाँले घरघरमै पुगेर भेट गर्नुभयो ।

यसले एक हदसम्म नेकपाको आन्तरिक द्धन्द्ध शान्त भए जस्तो देखिएको छ । यति मात्र होइन, राष्ट्रपति विद्यादेवी भण्डारीसँग राम्रो सम्बन्ध भएको स्वयम यान्छीले बताउने गर्नुभएको छ ।

भारतीय संचारमाध्यममा समेत छाउनु भएकी यान्छी राजनीतिमा मात्र होइन, भाषा, साहित्य र कलामा पनि राम्रो दख्खल राख्नुहुन्छ ।

नेपालमा राजदुतको जिम्मेवारी सम्हालेको दुई महिनापछि महिला दिवस सन्दर्भ पारेर काठमाडौंस्थित चिनिया दूतावसाले आयोजना गरेको कार्यक्रममा यान्छीले गरेको नृत्यले त्यसको पुष्टि गर्दछ ।

नेपाली भाषामा राम्रो दख्खल राख्ने यान्छीको यो नृत्यले कार्यक्रममा सहभागीको मन जितेको थियो । यसले नेपालको राजनीतिमा मात्र होइन, कुटनीति र मनोरन्जनमा समेत यान्छी चर्चामा रहेको पाउन सकिन्छ ।

भिडियो हेर्नुहोस