सरकारले दशै दिनमा बढायो पेट्रोलियम पदार्थको मूल्य • Image Khabar Image Khabar


सरकारले दशै दिनमा बढायो पेट्रोलियम पदार्थको मूल्य


Imagekhabar
२६ असार २०७७, शुक्रबार २२:१६

petrol desel oli nigam government price hike

काठमाडौं, असार २६ । नेपाल आयल निगमले दश दिनमै फेरि पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । निगमले पेट्रोल, डिजेल र मटितेलमा प्रतिलिटर एक रुपैयाँले वृद्धि गरेको हो ।

यसअघि सरकारले असार १६ गते मात्रै पेट्रोलियम पदार्थको मूल्य बढाएको थियो । १० दिनकै बीचमा पेट्रोलको मूल्य लिटरमा ६ र डिजेलमा ३ रुपैयाँले बढाइएको हो ।

अब पेट्रोल एक लिटरलाई १०२ रुपैयाँ, डिजेल र मटितेलाई ८८ रुपैयाँ तिर्नुपर्नेछ । हवाई इन्धन र खाना पकाउने ग्यासको मूल्य भने यथावत राखिएको निगम प्रवक्ता विनितमणि उपाध्यायले जानकारी दिनुभएको छ ।

सरकारले दशै दिनमा बढायो पेट्रोलियम पदार्थको मूल्य
प्रतिक्रिया दिनुहोस्