शनिबार पनि बैंक खुल्ने • Image Khabar Image Khabar


शनिबार पनि बैंक खुल्ने


Imagekhabar
२६ असार २०७७, शुक्रबार २०:०२

शनिबार पनि बैंक खुल्ने

काठमाडौं, असार २६ । शनिबार पनि बैंक खुल्ने भएका छन् ।

नेपाल राष्ट्र बैंकले चालु आर्थिक बर्षको असार मसान्त सम्म शनिवार लगायत सार्वजनिक बिदा परे त्यस दिन पनि बैंक तथा वित्तीय संस्था खोल्न निर्देशन दिएको हो ।

चालु आर्थिक वर्षको असार मसान्तसम्म राजस्व बुझाउनुपर्ने भएकाले केन्द्रीय बैंकले उक्त निर्देशन दिएको जनाइएको छ ।

राष्ट्र बैंकले २७ गते शनिबार र त्यसपछि सार्वजनिक बिदा भए यो महिनाभर राजस्व संकलन गर्ने शाखा, काउन्टर एवं बैंकका क्लियरिङ सम्बन्धी काम गर्ने काउन्टर लगायत नेपाल क्लियरिङ हाउस लिमिटेड पूर्णकालीन रुपमा खोल्न निर्देशन दिएको हो ।

प्रतिक्रिया दिनुहोस्