प्रधानसेनापति थापा प्रहरी महानिरीक्षकलाई बधाइ दिन प्रहरी प्रधान कार्यालयमा • Image Khabar Image Khabar


प्रधानसेनापति थापा प्रहरी महानिरीक्षकलाई बधाइ दिन प्रहरी प्रधान कार्यालयमा


Imagekhabar
२६ असार २०७७, शुक्रबार १७:५७

police army

काठमाडौं, असार २६ । नेपाली सेनाका प्रधानसेनापति पूर्णचन्द्र थापाले नेपाल प्रहरीका नवनियुक्त प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीलाई बधाइ दिनुभएको छ ।

प्रधानसेनापति थापाले शुक्रबार प्रहरी प्रधान कार्यालय नक्साल पुगेर महानिरीक्षक थापालाई सफल कार्यकालको शुभकामनासहित बधाइ दिनुभएको हो ।

भेटघाटका अवसरमा उहाँहरुबीच दुवै संगठनबीच आपसी हित, सहकार्य र समन्वयका सम्बन्धमा छलफलसमेत भएको थियो ।

प्रधानसेनापति थापाले प्रहरी महानिरीक्षक थापालाई अनुभव र ज्ञानको संगालो रहेका पुस्तकहरू र राष्ट्रको सुरक्षाको संकेतको रुपमा रहेको ‘राष्ट्रिय हतियार’ खुकुरीसमेत प्रदान गर्नुभयो ।

प्रहरी महानिरीक्षक थापाले प्रधानसेनापति थापालाई मायाको चिनोस्वरूप ‘मोमेन्टो’ प्रदान गर्नुभएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

प्रधानसेनापति थापा प्रहरी महानिरीक्षकलाई बधाइ दिन प्रहरी प्रधान कार्यालयमा
प्रतिक्रिया दिनुहोस्