राष्ट्रिय योजना पूरा गर्न बाधक बनेको एउटा रुख ! • Image Khabar Image Khabar


राष्ट्रिय योजना पूरा गर्न बाधक बनेको एउटा रुख !


Imagekhabar
२३ असार २०७७, मंगलवार १३:५२

राष्ट्रिय योजना पूरा गर्न बाधक बनेको एउटा रुख !

प्रकाश लम्साल,
बारा । २०७३ असार २९ गते देखी निर्माण सुरु भएको पथलैया– विरगंज ६ लेन व्यापारीक मार्गमा रहेको एउटा रुख अवरोध बन्दा निर्माण कार्य रोकिन पुगेको छ ।

वन मन्त्रालय अन्र्तगत पर्सा राष्ट्रिय निकुञ्जले एउटा रुख हटाउन वातावरणीय प्रभाब मुल्यांकन (ईआईए) नगरे सम्म काट्न नदिने अडान लिए पछि निर्माण कार्य रोकिएको हो ।

रक्सौल अमलेखगंज पाईपलाईनको विस्तारको क्रममा २५ मिटर भित्रका ९ किलोमिटरमा पर्ने सबै रुख काटिए पनि उक्त रुख छपान गर्न छुटाए पछि उक्त रुख काट्न निकुञ्जले रोक लगाएको पथलैया विरगंज व्यापारीक मार्ग योजनाले जनाएको छ ।

पथलैया देखी १ किलोमिटर दक्षिणमा रहेको उक्त रुख हटाउन सडक बिभागले एक जना कर्मचारी एक बर्ष सम्म वन मन्त्रालयमा दैनिक पठाए पनि दिक्क भएर कर्मचारी पठाउनै छोडेको योजना प्रमुख संजिब मिश्रले बताउनुभयो ।

वन मन्त्रालयले समेत आज सम्म अनुमति नदिँदा सडकको पानी बग्ने नालामै पर्ने उक्त रुखको अवरोध हुँदा योजनाले निर्माण कम्पनीलाई करोडौ रकम बिलम्ब हर्जना दिनु पर्ने अवस्था आएको योजनाले जनाएको छ ।

पिचको लागि पानी बिष बराबर हो प्रमुख मिश्र भन्नुहुन्छ, रुख नालाको बिचमै पर्ने हुँदा बर्खामा पानी जम्ने र करोडौको लागतमा बनेको सडक क्षतविक्षत हुने निश्चित छ र यो अब प्रत्येक बर्ष बिग्रने र पिँच गर्नु पर्ने हुन्छ ।

निकञ्ज प्रमुखले एउटा रुखका कारण ठुलो अवरोध हुने अवस्था आए काट्न अनुमति लिनु नपर्ने बिषेशाधिकार रहे पनि ईआइए गरेर काट्नु पर्छ भन्ने अडान कायम राखेपछि योजना र निर्माण कम्पनी अलमलमा परेका छन् ।

राष्ट्रिय योजना पूरा गर्न बाधक बनेको एउटा रुख !

३ सय ५० करोड लागत रहेको एसियन हाइवेको अवधारणमा निर्माण थालिएको पथलैया– विरगंज औधागिक करीडोर अन्र्तगत पथलैया देखी सुख्खा बन्दरगाह सम्म ६ लेनको सडक निर्माण थालिएको हो ।

राष्ट्रिय आयोजनामा निकुन्ज प्रमुख अलिकति पनि लचिलो नबनेको कारण भोलिको क्षति राज्यकै हुने योजनाका ईन्जिनीयरहरु बताउँछन् । योजनाको तर्क छ, न वन मन्त्रालयले अनुमति दिन्छ न त निकुञ्ज प्रमुखसंग हुने अधिकार उहाले प्रयोग गर्नुहुन्छ, सानो कुरामा निकुञ्जले कार्यविधि खोज्दा राज्यको करोडौ दैनिक नोक्सान परेको छ ।

राष्टिय योजनालाई पनि व्यक्तिगत काम जसरी निकुञ्जले हेरेको प्रति ईन्जिनीयरहरुले दुखेसो गरे । निकुञ्जका प्रमुख संरक्षण अधिकृतलाई अत्यावश्यक क्षेत्रमा १ २ रुख काटन सक्ने अधिकार रहने स्विकार गर्दै प्रमुख अमिर महर्जनले त्यो रुखले वातावरण वन वन्यजन्तु लाई प्रभाव र असरबारे ईआइए नगरे सम्म काटन हटाउन अनुमति दिन नसकीने बताउनुभयो ।

२०७५ पुष २८ गते भित्र निर्माण सम्पन्न गर्नुपर्ने योजनाको काम जितपुर, परबानीपुर, सिमरा बजारको सडकमा रहेको संरचना हटाउनदेखि, विद्युतका पोल, उद्योगको नाला, खानेपानी लगायतका कारणले ढिलो भएको र पटक पटक समय थप गरिदैं आएको छ ।

प्रतिक्रिया दिनुहोस्