अब अपराध महाशाखाको सेवा बानेश्वरबाट • Image Khabar Image Khabar


अब अपराध महाशाखाको सेवा बानेश्वरबाट


Imagekhabar
२२ असार २०७७, सोमबार २०:४३

अब अपराध महाशाखाको सेवा बानेश्वरबाट

काठमाडौं, असार २२ । नेपाल प्रहरीको महानगरीय अपराध महाशाखाको सेवा बानेश्वरबाट दिन शुरु गरिएको छ ।

काठमाडौं महानगरपालिका–१२ टेकुबाट दिँदै आएको सेवा अब वडा नं ३१ मीनभवन बानेश्वरबाट दिन शुरु गरिएको हो ।

प्रहरी प्रधान कार्यालयका अनुसार टेकुमा नयाँ भवन निर्माण शुरु गरिएकाले आइतबार बानेश्वरबाट महाशाखाले सेवा दिन शुरु गरेको जानकारी दिएको हो ।

महाशाखाले हाल बैंकिङ कसुर, ठगी, वैदेशिक रोजगारी, साइबर अपराध, चोरी, डकैती, गुण्डागर्दी, वन्यजन्तु तथा बहुमूल्य काठको तस्करीलगायतका मुद्दामा अनुसन्धान तथा कारवाही गर्दै आएको छ । रासस

प्रतिक्रिया दिनुहोस्