२९ असार २०८२, आइतबार | Sun Jul 13 2025


बालिका बलात्कार गरी हत्या अभियोगमा भारतीय नागरिक पक्राउ


39
Shares

जनकपुर । बालिकालाई बलात्कार गरी हत्या गरेको आरोपमा धनुषा प्रहरीले एक भारतीय नागरिकलाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय धनुषाले आज पत्रकार सम्मेलन गरी जनकपुरधाम उपमहानगरपालिका २१ कुर्थाकी ११ वर्षीया बालिका कन्चन कुमारी पजियारलाई बलात्कार गरी हत्या गरेको आरोपमा भारतीय नागरिकलाई पक्राउ गरेको हो ।

भारतको उत्तर प्रदेश जिल्ला मलिहावाद थाना काकोरी ग्राम पञ्चायत ११ बस्ने ३२ वर्षका दीपु सिंहलाई पक्राउ गरेको प्रहरी उपरिक्षक रमेश बस्नेतले जानकारी दिनुभयो ।

बालिकाको हत्या गरी कम्बलमा बेरेर दुधमति नदि किनारको झाडीमा फालेको अभियुक्तले स्वीकार गरेको प्रहरीले जनाएको छ ।