 
	    कैलाली । सुदूरपश्चिमका चार जिल्लामा ५ सयभन्दा बढी कोरोना संक्रमित पुगेका छन् ।
नेपालका ११ जिल्लामा कोरोना संक्रमितको संख्या ५ सयभन्दा बढी रहेकोमा सुदूरपश्चिममा मात्रै चार जिल्लामा कोरोना संक्रमित पाँच सय भन्दा बढि पुगेका हुन् ।
कैलाली, अछाम, डोटी र बाजुरामा प्रतिजिल्ला ५ सयभन्दा बढी कोरोना संक्रमित रहेको स्वास्थ्य तथा जनसङख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले जानकारी दिनुभयो । उहाँका अनुसार सुदूरपश्चिममा सबैभन्दा बढी कैलालीमा कोरोना संक्रमित रहेका छन् ।
कैलालीमा अहिलेसम्म ८ सय २९ जनामा कोरोना पुष्टि भएको छ । अछाममा पाँच सय ८६, डोटीमा पाँच सय ५३ र बाजुरामा पाँच सय ३९८ जनामा कोरोना पुष्टि भएको मन्त्रालयले जनाएको छ ।
उता प्रदेश २ का तीन जिल्ला, प्रदेश ५ का तीन जिल्ला र कर्णालीको १ जिल्लामा प्रतिजिल्ला ५ सय भन्दा बढी कोरोना संक्रमित पाइएको पुष्टि भएको जानकारी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको हो ।
प्रदेश २ का महोत्तरी, सर्लाही, रौतहटमा प्रतिजिल्ला ५ सयभन्दा बढी कोरोना संक्रमित छन । प्रदेश ५ का कपिलवस्तु, पाल्पा र दाङमा पनि प्रति जिल्ला ५ सयभन्दा बढी कोरोना संक्रमित छन । यस्तै कर्णालीको दैलेखमा पाँच सयभन्दा बढी संक्रमित रहेका छन ।


 कोशी
कोशी
                                         मधेश
मधेश
                                         बागमती
बागमती गण्डकी
                                            गण्डकी
                                         लुम्बिनी
लुम्बिनी
                                         कर्णाली
कर्णाली
                                         सुदूरपश्चिम
सुदूरपश्चिम 
	                                	                            

 
                
प्रतिक्रिया दिनुहोस्