मोराटा र कोकीको गोलले एट्लेटिको मड्रिड विजयी • Image Khabar Image Khabar


मोराटा र कोकीको गोलले एट्लेटिको मड्रिड विजयी


Imagekhabar
२० असार २०७७, शनिबार ११:३९

मोराटा र कोकीको गोलले एट्लेटिको मड्रिड विजयी

काठमाडौं । स्पेनिस ला लिगा फुटबलमा एट्लेटिको मड्रिडले जित निकालेको छ । गएराति भएको खेलमा मड्रिडले मोलार्कालाई ३–० गोल अन्तरले हराएको हो ।

एट्लेटिकोको जितमा अल्भारो मोराटाले दुई तथा कोकीले एक गोल गरे । जितसँगै एट्लेटिकोले शीर्ष तीनमा रहने आफ्नो संभावनालाई बलियो बनाएको छ ।

मोराटाले २९ औं मिनेटमा पेनाल्टीमा घरेलु टोलीलाई अग्रता दिलाए । पहिलो हाफको अन्तिम मिनेटमा ब्यक्तिगत दोस्रो गोल गर्दै मोराटाले एट्लेटिकोलाई २–० ले अघि बढाए ।

कोकीले ७९ औं मिनेटमा गोल गर्दै टोलीको जित सुनिश्चित गरे । जितसँगै मड्रिड क्लब च्याम्पियन्स लिग छनोटको नजिक देखिएको छ ।

तेस्रो स्थानको उसले ३३ खेलबाट ६२ अंक जोडेको छ । मोलार्का २९ अंक सहित रेलिगेशन जोनमा छ । पछिल्लो हारले उसमाथि रेलिगेशनको खतरा थप बढेको छ ।

प्रतिक्रिया दिनुहोस्