 
	    खिलनाथ ताजपुरिया र भूपेन्द्र खड्का (इमेज)
काठमाडौं, असार १६ । प्रतिनिधिसभाको राज्य व्यवस्था समितिले पारित गरेको निजामती सेवा विधेयकका प्रावधानहरु ट्रेड युनियन अधिकारविरोधी भएको भन्दै निजामती कर्मचारीहरु आन्दोलित बनेका छन् ।
विधेयक नसच्याए आन्दोलन चर्काउने चेतावनी ट्रेड युनियनहरुले दिएका छन् ।
सोमबार राज्य व्यवस्था समितिको बहुमतबाट पारित संघीय निजामती सेवासम्बन्धी विधेयकमा निजामती सेवामा एउटा आधिकारिक कर्मचारी युनियन रहने व्यवस्था गरिएको छ ।
नेपाल निजामती कर्मचारी संगठनले सरकारलाई असफल बनाउने योजनाअन्तर्गत् समितिले षड्यन्त्र गरेको आरोप लगाएको छ ।
संगठनका अध्यक्ष केदारप्रसाद देवकोटाले विधेयक ट्रेड युनियन खारेज गर्ने योजनाका साथ विधेयक आएको भन्दै अधिकार पुनःस्थापित नभएसम्म आन्दोलन जारी राख्ने बताउनुहुन्छ ।
नेपाल निजामती कर्मचारी युनियन संघलेसमेत एकतर्फीरुपले संघीय निजामती सेवा ऐन अगाडि बढाएको भन्दै आपत्ति जनाएको छ ।
संघका अध्यक्ष गोपाल पोखरेलले ऐनमा रहेका त्रुटिहरु सच्याउनुको सट्टा अलोकतान्त्रिक पद्दतिबाट अगाडि बढाइएको बताउनुहुन्छ ।
यता, पेसागत महासंघ नेपालका अध्यक्ष विश्वनाथ प्याकुरेलले विधेयकमा असहमत पक्षका पनि कुरा सुनेर अघि बढ्नु उचित हुने धारणा राख्नुहुन्छ ।
विभागीय मन्त्री र समितिका सदस्यहरुबीच नै गम्भीर मतभेद हुँदाहुँदै अघि बढाइएको विधेयकले संसददेखि सडकसम्म अप्ठेरो पार्ने देखिएको छ ।


 कोशी
कोशी
                                         मधेश
मधेश
                                         बागमती
बागमती गण्डकी
                                            गण्डकी
                                         लुम्बिनी
लुम्बिनी
                                         कर्णाली
कर्णाली
                                         सुदूरपश्चिम
सुदूरपश्चिम 
	                                	                            

 
                
प्रतिक्रिया दिनुहोस्