बैतडीमा चार लाखको भारतीय बिँडी बरामद - Image Khabar
Everest Bank

बैतडीमा चार लाखको भारतीय बिँडी बरामद

विनोदसिंह विष्ट (इमेज)

बैतडी, असार १६ । बैतडीमा प्रहरीले चार लाख रुपैयाँ बराबरको अवैध भारतीय बिँडी बरामद गरेको छ ।

तीन दिनको अवधिमा चार लाख मूल्य बराबरको बिँडी बरामद गरिएको हो ।

महाकाली नदीमा ट्युबको माध्यमबाट भन्सार छलेर ल्याएको बिँडी सोमबार राति गोठलापानी बजार क्षेत्रबाट बैतडी प्रहरीले बरामद गरेको हो ।

भारतबाट अवैधरुपमा ल्याएको करिब दुई लाख ५० हजार बराबरको ६ पेटी बिँडी सोमबार एक होटेलबाट बरामद गरिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक नारायणप्रसाद अधिकारीले जानकारी दिनुभयो ।

बरामद बिँडी मंगलबार महाकाली भन्सार कार्यालय झुलाघाटलाई बुझाइने प्रहरीले जनाएको छ ।

प्रहरीले यसअघि शनिबार राति पनि दशरथचन्द नगरपालिका–८, नल्तडीबाट करिब डेढ लाखको बिँडी बरामद गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्