२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


भारतीय बिँडीसहित तीनजना समातिए


0
Shares

crime

बैतडी, असार १४ । हतियारसहित भारतबाट अवैधरुपमा ल्याइएको एक लाख ५० हजार रुपैयाँ मूल्य बराबरको भारतीय बिँडीसहित तीनजनालाई बैतडी प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा दशरथचन्द नगरपालिका–८, त्रिपुराका २२ वर्षीय आकाश चन्द, १९ वर्षीय दीपक भट्ट र २१ वर्षीय प्रकाश मार्कण्ड रहेका छन् ।

उनीहरुलाई दशरथचन्द नगरपालिकास्थित महाकाली किनारबाट शनिबार राति पक्राउ गरिएको जनाइएको छ ।

भन्सार छली गरी महाकाली नदीमा ट्युबमार्फत् अवैधरुपमा बिँडी भित्रिरहेको गोप्य सूचनाको आधारमा प्रहरी नायब उपरीक्षण नारायणप्रसाद अधिकारी नेतृत्वको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।

उनीहरुको साथबाट तीन पेटी बिँडी, एकओटा ट्युब, दुईथान खुकुरी पनि बरामद गरिएको प्रहरीले जनाएको छ ।

गोप्य सूचनाको आधारमा सीमामा एम्बुस गस्तीकाक्रममा उक्त अवैध सामान र मानिसलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।