Logo ३१ भाद्र २०८३, बुधबार | Thu Sep 17 2026


भारतीय मोडल रेहानाको अर्को चर्तिकला : अर्धनग्न शरीरमा पेन्टिङ


0
Shares

काठमाडौं । ‘किस फर लभ’ जस्ता विवादास्पद अभियान चलाएर चर्चामा रहेकी भारतीय मोडल रेहाना फातिमाले अर्को चमत्कार गरेकी छन् । जसका कारण उनी समस्यामा परेकी छिन् ।

उनले अर्धनग्न शरीरमा पेन्टिङ गरेपछि केरल प्रहरीले केस दर्ता गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।

उनले यसपटक भने एक बच्चामार्फत आफ्नो अर्धनग्न शरीरमा पेन्टिङ गराइरहेको भिडियो सामाजिक सञ्जालमा पोस्ट गरेकी थिइन्। त्यसपश्चात् उनीमाथि कारबाहीका लागि केस दर्ता गरिएको छ।

विवादास्पद अभियान्ता रेहानाले जुन १९ मा आफ्नो युट्युब च्यानलमा २ मिनेटको उक्त भिडियो पोस्ट गरेकी थिइन्। जसमा उनी ओछ्यानमा पल्टिइरहेको देखिन्छ। बच्चा भने उनको नग्न शरीरमा पेन्ट गरिरहेको देखिन्छ ।

उनले उक्त भिडियो पछि आफ्नो फेसबुक पेजमा पनि शेयर गरेकी थिइन्। केही समयअघि रेहानाले पवित्र सबरिमाला मन्दिरमा प्रवेश गर्न खोजेपछि उनलाई प्रवेश रोक लगाउँदा ठूलो विवाद भएको थियो।

स्वघोषित अभियान्ताका रूपमा चिनिने रेहानालाई सन २०१४ मा २ दशमलव १ लाख ठगीको आरोपमा कारबाही गरिएको थियो भने केही समयअघि केरल मुस्लिम जामेथ काउन्सिलले उनलाई मुस्लिम समुदायबाट निष्कासन गरेको थियो।

केरल प्रहरीले किशोर न्याय अधिनियम तथा सूचना प्रौधोगिकिको गैरजमानती धारा ६७ अनुसार उनीमाथि केस दर्ता गरेको हो ।