
लन्डन, असार २९ । पाकिस्तानका पूर्वप्रधानमन्त्री नवाज शरिफ भावुक मुद्रामा स्वदेश फर्कदैछन् । लामो समय लन्डनमा रहेका उनी शुक्रबार साँझ पाकिस्तान पुग्ने छन् ।
समाचार एजेन्सीहरुका अनुसार उनी सवार विमान लन्डनबाट पाकिस्तानका लागि प्रस्थान गरिसकेको छ । उक्त विमान केही समय आबुधाबीमा रोकिने छ ।
पाकिस्तानी समयअनुसार शुक्रबार साँझ ६ः१५ मा शरिफ लाहोस्थित अल्लामा इकबाल विमानस्थलमा पुग्नेछन् । छोरी मरियमका साथ पाकिस्तान प्रस्थान गरेका उनलाई विमानस्थलबाटै नियन्त्रणमा लिइने सम्भावना रहेको अधिकारीहरुको भनाइ छ ।
शरीफ र उनकी छोरी मारियमका अतिरिक्त ज्वाई सफदरलाई पाकिस्तानको अदालतले भ्रष्टाचारमा दोषी ठहर गर्दै कारावासको सजाय तोकेको छ । शरिफलाई १० वर्ष, मरियमलाई ७ वर्ष र सफदरलाई एक वर्ष जेल सजाय तोकिएको छ ।
‘मेरो आँखा सामुन्ने जेल छ, तै पनि म आफ्नो देश फर्किदैंछु,’ शरिफले भनेका छन् ।
स्वदेश प्रस्थान गर्नुअघि शरिफको पारिवारिक तस्वीर प्रकाशमा आएको छ, जसमा उनी बिदाइ हुनुअघि निकै भावुक देखिन्छन् । (बीबीसी)
प्रतिक्रिया दिनुहोस्